> आर्थिक/बिकास > कामना सेवा विकास बैंकले दियो विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम


कामना सेवा विकास बैंकले दियो विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम

प्यूठान । कामना सेवा विकास बैंक जस्पुर शाखाले आफ्नो १६ औं वार्षिकोत्सवको अवसर पारेर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले माण्डवी गाँउपालिका-३ लामाचौर स्थित प्यूठान सनराईज एकेडेमीमा अध्ययनरत विद्यार्थीलाई वित्तीय सम्वन्धी जानकारी गराएको हो ।

 

बचत गर्न, पैसाको सहि सदुपयोग गर्न सिकाउन, सहि वित्तीय निणर्य गर्न, तथा वित्तीय सेवा उपभोगको अधिकार एवं प्रावधानका वारेमा शिक्षा दिने उदेश्यले वित्तीय साक्षरता कार्यक्रम गरिएको बैंकका शाखा प्रबन्धक कृष्ण सुवेदीले जानकारी दिनुभयो ।

फजुल खर्च नगर्ने, वचतका लागी औपचारिक माध्यम रोज्ने, पारिवारिक बजेट बनाएर जिवनयापन गर्ने, आधुनिक बैकिंङ सुविधाको उपभोग गर्ने, वित्तीय साक्षरता तर्फ अग्रसर बन्ने विषयमा विद्यार्थीलाई ज्ञानमुलक शिक्षा प्रदान गरेकोमा एकेडेमीका प्रधानाध्यापक राम बहादुर विश्वकर्माले बैंकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

 


एकेडेमीमा अध्ययनरत कक्षा ६, ७ र ८ का विद्यार्थी संग गरिएको वित्तीय साक्षरता कार्यक्रमा बैंकका प्रवन्धक कृष्ण सुवेदी, महिराज भट्ट, अम्बिका सुवेदी, यशोदा पौडेल, गणेशमान खड्का, राजकुमार विष्ट, स्कुलका प्रधानाध्यापक राम बहादुर विश्वकर्मा, शिक्षक चन्द्र प्रसाद पौडेल, बाम बहादुर खत्री, लंक बहादुर नेपाली, भोजेन्द्र कुँवर लगायतको उपस्थिति रहेको थियो ।