> विचार > स्थानीय सरकारको प्रत्यक्ष अनुभुती गरेको पाईयो


स्थानीय सरकारको प्रत्यक्ष अनुभुती गरेको पाईयो

१) सरकारले लक डाउनलाई थप कडाई गरको छ ? त्यसका लागि तपाईको स्थानीय तहले कसरी काम गर्दैछ ?
सरकारले गरेको लकडाउनको निर्णयलाई पूर्ण रुपमा कार्यान्वयन गर्न गाउँपालिका दत्तचित्त भएर लागेको छ । त्यसका लागि अहोरात्र खटेर लागेका छौं ।

२) लक डाउनकै कारण समस्यामा परेका ज्यालादारी श्रमिक, असहायको पहिचान र राहत वितरण के कसरी हुँदैछ ?
यस गाउँपालिकामा १ सय भन्दा बढीलाई आंशिक रुपमा राहत वितरण भएको छ । अपांग, असहाय, विपन्न, श्रमिक गरी १८ जनालाई वितरण गरेका छौं । वडाबाट तथ्यांक संकलन गरेका थियौ । वडा अध्यक्षबाट पहिलो चरणको तथ्यांक धेरै आएकोले न्यून वर्ग श्रमिकलाई मात्र वितरण गर्ने योजना बनेको छ । आवश्यकताका आधारमा वितरण गर्ने हाम्रो योजना छ । राहत वितरण गर्दा सकारको मापण्दण्डलाई आधार बनाएका छौं । पहिलो चरणमा ५० के.जी. चामल, १ केजी दाल, १ केजी नुन, १ लिटर तेलका दरले वितरण गरेका थियौं ।

३) क्वारेन्टाइनको अवस्था के हो ? बाहिरबाट आएका कति हुन ? कति बसेका छन ? किन बस्न मानेनन ?
हाम्रो यस पालिकामा २० सिट क्षमताको क्वारेन्टाइन छ । बाहिरबाट आएका जम्मा १०६ जना हुन । त्यसमध्ये भारतबाट ९८ र तेस्रो मुलुक दुवई, कतार, मलेसियाबाट आएका छन् । उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ । १६जनालाई बाहाने क्वारेन्टाइनमा राखिएको छ । होम क्वारेन्टाइनमा बस्नका लागि वडा मार्फत, स्वास्थ्य चौकी, स्थानीय प्रशासनबाट आह्वान गरेका थियौं । शुरुमा गाउँमा हिँडडुल गर्ने गरेको पाईयो तर अहिले कम भएको छ ।

४) अहिलेको महामारीमा जनताले स्थानीय सरकारको अनुभुती गर्न पाए त ? कसरी ।
हामीले राहत वितरण गर्दा अपांग, असहाय, विपन्न वर्गलाई विरतण गरेका थियौं । त्यो क्रममा घरमै गएर प्रत्यक्ष रुपमा राहत उपलब्ध गराउँदा उहाँहरुले स्थानीय सरकारको अनुभुती गरेको पाईयो ।

५) यो महामारी नियन्त्रणका लागि स्थानीय तहलाई के सहयोग आवश्यक छ ?
यो समयमा चाहेर पनि गन थर्मोमिटर ल्याउन नसकिएको अवस्था छ । पहल पनि भएको छ । ३८ थान पीपीइ, एन ९५ मास्क ४० थान, अन्य साधारण २ हजार हजार थान माक्स रहेको छ । आर्थिक अभाव भएकोले प्रदेश सँग समन्वय गरेका थियौं । नीजी क्षेत्रलाई पनि सहयोगका लागि आह्वान गरेका छौं ।
यस पालिका रोल्पा र बाग्लुङको सीमाना भएकोले त्यसखालको सावधानी अपनाउन समेत प्रचारप्रसार गरराखेका छौं । भोजभतेर नगर्न, एउटा टोलबाट अर्को टोलमा नजान भनेका छौं ।

प्रस्तुती : महेश थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *