> समाज > ६० हजार राशीको क्रीकेट प्रतियोगिता उपाधी कालिमाटीलाई


६० हजार राशीको क्रीकेट प्रतियोगिता उपाधी कालिमाटीलाई

प्यूठान । बडा दशैको अवसरमा युथ स्टार क्लब मल्लरानी गाउपालिका-३ चौरपानीले आयोजना गरेको दोस्रो खुल्ला टि-१० क्रीकेट प्रतियोगिताको उपाधी कालिमाटी युवा क्लब सरङ्बेशीले हात पारेको छ ।

 

आयोजक युथ स्टार क्लब ए समुहलाइ ३८ रनले पछि पर्दै कालिमाटी बिजयी भएको हो ।

 

कालिमाटीले पहिले ब्याटिङ गरि ११४ रनको लक्ष्य दिएकोमा आयोजक समुहले ९ ओभरमा ७६ रन समेटदै सबै बिकेट गुमाए पछि कालिमाटीले प्रतियोगितामा जित निकालेको हो ।

 

बिजेता समुहले ६० हजार र उपबिजेता समुहले ३० हजार नगद प्राप्त गरेका छ्न । प्रतियोगितामा १२ वटा समूह सहभागी थिए ।

 

बिजेता समुहलाइ मल्लरानी गाउपालिकाका अध्यक्ष कृष्ण खड्काले नगद पुरस्कार, मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गर्नुभयो ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी साहिल परियार र अनुसासित खेलाडी नवीन के.सि.लाई नगद पुरस्कार प्रदान गरिएको छ ।

 

गतवर्षदेखि थालेको प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिने  क्लबका अध्यक्ष रन्जन पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *