> राष्ट्रिय > वर्षातका कारण प्यूठानमा उच्च सतर्कता अपनाउन आग्रह


वर्षातका कारण प्यूठानमा उच्च सतर्कता अपनाउन आग्रह

प्यूठान । गएरातिदेखि प्यूठानमा लगातार वर्षात भैरहेको छ । बाढीको सम्भावना रहेको भन्दै प्यूठान सहित दाङ, बाँके लगायतका जिल्लामा अलर्ट जारी गरिएको छ ।

नदि तथा खहरे खोलामा आकस्मिक बाढीको सम्भावना भएकोले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । दिउँसोसम्म सतर्कता अपनाउन भनेको महाशाखाले भोलिसम्म वर्षात जारी रहने अनुमान गरेको छ ।

जारी वर्षात थप हुने भएकाले पश्चिम राप्ती भालुवाङ र कुसुम जलमापन केन्द्रमा जलसतह एक्कासी बढ्न सक्ने अनुमान छ । राप्ती नदी तटीय क्षेत्र र डुबान हुने होचा ठाउँमा सतर्कता अपनाउन भनिएको छ ।

महाशाखाले दशैंमा यात्रा गर्दा सडक तथा खोला बारे पूर्वजानकारी लिन तथा धानबाली काट्ने र भित्र्याउने तयारी गरेको भए पूर्व तयारीमा ध्यान दिन आग्रह समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *