राष्ट्रियसमाज

मल्लरानी गाउँपालिकामा दश सिट क्षमताको क्वारेन्टाइन

संक्रमणको पूर्व तयारीमा स्थानीय तह

कमल बि.क.
प्यूठान, १२ चैत ।

नोवेल कोरोना (कोभिड–१९) को सङ्क्रमणलाई मध्यनजर गरी जिल्लाका स्थानीय तहले क्वारेन्टाइन कक्ष बनाउन थालेका छन् । सङ्क्रमणको पूर्व तयारी गर्दै स्थानीय तहले क्वारेन्टाइन कक्ष निर्माण गर्न लागेका हुन् ।
माण्डवी गाउँपालिका –३ स्थित भवानेश्वरी आधारभुत विद्यालयमा १० वेडको क्वारेन्टाइन कक्ष निर्माण गरिएको छ । गाउँपालिका अध्यक्ष श्रीधर रोकाले विपदको पुर्व तयारी अन्र्तगत कक्ष निर्माण गरिएको जानकारी दिनुभयो ।

माण्डवी गाउँपालिकाले बनाएको क्वारेन्टाइन

त्यसैगरी झिमरुक गाउँपालिकाले बाल शिक्षा माविमा पाँच वेडको क्वारेन्टाइन कक्ष निर्माण गरेको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानले महिला तथा बालबालिका सेवा केन्द्रको भवनमा सात वेडको क्वारेन्टाइन कक्ष निर्माण गरेको जनाएको छ ।
प्यूठान नगरपालिकाले १२ वटा वेडको क्वारेन्टाइन कक्ष निर्माण गरेको छ ।

प्यूठान नगरपालिकाले बनाएको क्वारेन्टाइन

जिल्लामा स्थानीय तहले विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गर्ने र उनीहरुलाई घरमै बस्न आग्रह गरेका छन् । लक डाउनको पूर्ण रुपमा पालना गर्न जिल्ला प्रशासन कार्यालय प्यूठानले अनुरोध समेत गरेको छ । खाद्यान्न, औषधी उपचार लगायत अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन प्रशासनले अनुरोध गरेको छ ।

खलंगा स्थित तत्कालिन महिला तथा बालबालिका कार्यालय

मल्लरानी गाउँपालिका प्यूठानले नोभल कोरोना भाइरस(कोभिड–१९) को संक्रमण फैलनसक्ने जोखिमलाई मध्यनजर गर्दै गाउँपालिका स्थित वडा नं. ४ खलंगामा साविक महिला तथा बालालिका कार्यालय प्यूठानको भवनमा १० जना व्यक्ति राख्न सक्ने क्वारेन्टाइनको तयार गरेको छ ।

क्वारेन्टाइनमा कोरोना भाइरस संक्रमणको जोखिम भएका व्यक्तिलाई राख्न राखिनेछ । मल्लरानी गाउँपालिका अध्यक्ष अमरध्वज राना मगर, प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण थापा, स्वास्थ्य समन्वय ईकाई प्रमुख पारस शाही तथा प्राथमिक स्वाथ्य केन्द्र खलंगाका डक्टर शान्त बहादुर रोका लगायतको टोलिले बुधावार अनुगमन गरेको छ ।

गाउँपालिका अध्यक्षले आवश्यक पर्ने बजेट उपलब्ध गराउने बताउनु भएको छ भने प्रमुख प्रशासकिय अधिकृत थापाले क्वारेन्टाईन सञ्चालनमा ल्याउन सकिने बताउनु भएको छ ।

Related Articles

Back to top button