स्थानीय सरकारसमाज

अपाङ्गता परिचयपत्र वितरण गर्न मल्लरानी गाउँपालिकाको घुम्ति शिविर

प्यूठान, १९ पुस । मल्लरानी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई वडा वडामा पुगेर परिचय पत्र वितरण गर्न थालेको छ ।

आजदेखि अपाङ्गता परिचयपत्र नविरण तथा वितरणका लागि घुम्तिशिविर शुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले बताउनुभयो ।

सहजताका लागि वडामै पुगेर परिचय पत्र वितरण थालिएको उहाँले जानकारी दिनुभयो । आजदेखि शुरु भएको घुम्तिशिविर पुस २५ गतेसम्म चल्नेछ ।

शिविरमा गाउँपालिका उपाध्यक्ष सरिता जिसीको नेतृत्वमा राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानका अध्यक्ष जुमानसिंह केसी, प्राथमिक स्वास्थ्य केन्द्र खलंगाका डाक्टर विक्रम थापा, महिला तथा बालबालिका शाखाका रेवती न्यौपाने सहित जनप्रतिनिधिको सहभागीतामा कार्यक्रम गरिएको छ ।

अपाङगता परिचय पत्र वितरण स्थानीय समन्वय समितिको निर्णय अनुसार शिविर सञ्चालन गरिएको हो । अपाङ्गता परिचय पत्र कार्यविधि २०७५ अनुसार स्थानीय तहलाई अधिकार आएसँगै यसअघि महिला तथा बालबालिका कार्यालयबाट वितरण गरिएको परिचय पत्र रद्ध गरेर नयाँ वितरण हुने अध्यक्ष केसीले बताउनुभयो ।

पुस २० गते वडा नम्वर १ को खौलीपोखरी, पुस २१ गते वडा नम्वर २ को कार्यालय कुँडारा, पुस २२ गते वडा नम्वर ३ को चौरपानी, पुस २३ गते वडा नम्वर ३ को कार्यालय निसानटाकुरा, पुस २४ गते वडा नम्वर ५ को जोरपोखरी र पुस २५ गते वडा नम्वर ५ को कार्यालय कुमिकोटमा शिविर सञ्चालन हुने आयोजकले जनाएको छ ।

Related Articles

Back to top button