प्यूठान । महिलाहरूको सचेतना अभिवृद्धि तथा हक–अधिकारका लागि अखिल नेपाल महिला संघको गौमुखी पालिका समिति गठन गरिएको छ । भेलाले मिरा केसीको अध्यक्षतामा नयाँ पालिका समिति गठन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा सीता थापा, सचिवमा सत्यवती न्यौपाने, सहसचिवमा टुका केसी र कोषाध्यक्षमा कल्पना कुँवर चयन हुनुभएको छ ।
समितिका सदस्यहरूमा कल्पना कुँवर, पुष्पा सुनार, सावित्रा कुमारी टोमटा, तीर्थ थापा, बागमती सुनार, उजेला सुनार र रामकला केसी रहनुभएको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपानेले जानकारी दिनुभयो ।
त्यस्तै वैकल्पिक सदस्यमा सुकमाया विक, लक्ष्मी विक र बसन्त बस्नेत चयन हुनुभएको छ ।
समितिको सल्लाहकारमा कमला पोख्रेल, तारा पुरी, सान्ता गिरी, कल्पना जैशी, बिन्दु घर्ती मगर, मञ्जु टोमटा र दिलमाया राना रहनुभएको छ ।





