महेश थापा
बाहाने । मंगलबार स्कुलबाट घर फर्कदै गर्दा भेलले बगाएका दुई दाजुभाई शव फेला परेको छ । नौबहिनी गाउँपालिका-५ का मिलन खत्री र बिमल खत्रीको शव फेला परेको हो ।
काँटेमा रहेको जनता प्राथमिक विद्यालयमामा कक्षा १ मा अध्ययनरत बिमलको घटना स्थल जोगिपँधेरामै शव फेला परेको हो भने उनका दाई कक्षा ३ मा अध्ययनरत मिलनको शव करिव १ किलोमीटर तल फेला परेको स्थानीयले जनाएका छन । बर्खे भेलले बगाएको खवर पाए लगत्तै स्थानीय र प्रहरी उनीहरु खोजी शुरु गरेका थिए ।
उनीहरु वर्षात पछि एक्कासी आएको भेलमा परेका थिए । एकाघरका स्कुले दाजुभाईको ज्यान गएपछि गाउँनै शोकमा परेको छ ।





