Bannerआर्थिक/बिकासराष्ट्रियस्थानीय सरकार

धार्मिक आस्थासँगै पर्यापर्यटनको केन्द्र बन्दै प्यूठानको झाँक्रिढुङ्गा

प्यूठान । झाँक्रिढुङ्गा, गौमुखी गाउँपालिका वडा नं. ३ रजवारा प्यूठानमा अवस्थित एक ऐतिहासिक तथा धार्मिक महत्वको ढुङ्गा हो । मनोकांक्षा पुरा हुने जनविश्वासका साथ यहाँ पुँजाआँजा गरी बोकाको बलि दिने प्रचलन छ । धार्मिक आस्थाका आधारमा मात्र नभई पछिल्लो समय पर्यापर्यटनका सन्दर्भले समेत यहाँ पर्यटहरु पुग्ने गरेका छन् । झाँक्रिढुङ्गा पर्यटन विकास समिति गठन गरी यहाँका स्थानीयले यहाँको पर्यटन प्रवद्र्धनको काम गर्दै आएका छन् ।

धार्मिक आस्थाको ऐतिहासिक तथा पुरातात्विक स्थलको रुपमा रहेको झाँक्रिढुङ्गालाई पर्यटकीय स्थलको रुपमा पुर्वाधार विकास गर्न स्थानीय लागि परेका छन् । झाँक्रिढुङ्गा पर्यटन विकास समिति गठन गरी यहाँ पुर्वाधारको काम शुरु गरेका हुन् । पुँजारीको व्यवस्थापन गरी भेटिको संरक्षण गर्ने, वाउण्ड्री तथा मन्दीर निर्माण, त्रिशुल तथा आलम राख्ने, रेलिङ्ग बनाउने काम गर्दै आएको समितिका अध्यक्ष गोबर्धन थापाले बताउनुभयो ।

प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा अवस्थित झाँक्रिढुङ्गामा पुजाआजा गरी बोकाको बलि दिने प्रचलन छ । मनोकांक्षा पुरा हुने विश्वासका साथ यहाँ भक्तजनहरु पुग्ने गरेका छन् । ३ सय वर्ष पुरानो इतिहासल बोकेको यस स्थलमा मनोकांक्षा पुरा हुने विश्वासका साथ दैनिक जसो पुजाआजा हुँदै आएको छ । बुधबार र बिहिबार पुजारीले पुजाआज नगर्ने भएपनि यहाँ भक्तजनहरु दैनिक जसो पुग्दै आएको छ ।

यहाँ मगर जातीका पुजारी छन् । रजवारा गाउँमा हरेका ४ थरीका मगरहरुको प्रतिनिधिका रुपमा ४ जना पुजारीको व्यवस्था गरिएको विकास समितिले जनाएको छ । स्याउलिवाङ गाउँका बुढामगर र छन्त्यालहरु वीच द्धन्द्ध हुँदा छन्त्यास जातीले यहाँ भाकल गरी आफ्नो योजना पुरा गरेदेखि नै यहाँ पुजाआजा हुन थालेको अध्यक्ष थापाले बताउनुभयो ।

झाँक्रिढुङ्गालाई स्थानीयले देवालय सरह मान्ने गर्छन् । अलग्गै झुण्डिएको देखिने यहाँको ठूलो ढुङ्गा आकर्षकको रुपमा रहेको छ । यस ढुङ्गामा शक्तिशाली देवताको वास रहेको विश्वास गरिन्छ । परम्परागत रुपमा झाँक्रिहरू (धामी/झाँक्री) यहाँ आएर पूजा, साधना तथा विधि गर्ने गर्थे, जसका कारण ढुङ्गाको नाम झाँक्रिढुङ्गा रहन गएको हो ।

खानेपानी सुविधा पु¥याउन सकेमा वनभोज आउने पर्यटकरुलाई समेत भित्र्याउन सकिने स्थानीय बताउँछन् । खानेपानी सुविधाका लागि योजनाको डिपिआर भै सकेको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले बताउनुभयो । लिफ्ट मार्फत भए पनि खानेपानी सुविधा पु¥याउन १ करोड २५ लाख लागत आवश्यक पर्ने डिपिआरमा उल्लेख भएको उहाँले बताउनुभयो ।

झाँक्रिढुङ्गासँगै रहेको रानीताल यहाँको अर्काे आकर्षण हो । रााणाकालिन समयमा राजाको मृत्यु भएपछि रानी पनि सति जाने प्रचलनको प्रयोजनका लागि यहाँ रानीवन बनाइएको हो । यहाँको दाउरा रानीको अन्तिम संस्कारमा उपयोग गरिने गरेको स्थानीय बताउँछन् । यहि वनको टापुमा ताल रहेको छ ।

स्याउलिवाङ, रजवारा गाउँबाट बसाई सरी गएकाहरु यहाँ नियमित पुँजाआजा, दर्शन र भ्रमणका लागि आउने गरेका छन् । झाँक्रिढुङ्गा सडक सञ्जालसँग जोडिएपछि अहिले यहाँ पुग्ने पर्यटकहरुको संख्यामा समेत बृद्धि भएको छ । प्यूठानसँगै छिमेकी जिल्लाहरु रोल्पा, बाग्लुङ्ग, दाङ, कपिलबस्तु, बाँके, रुपन्देही, अर्घाखाँचीबाट पर्यटकहरु आउने गरेको स्थानीय बताउँछन् ।

Related Articles

Back to top button