प्यूठान । प्यूठान नगरपालिका–७ गाँजुरीमा खेति गरिएको ड्रागन फ्रुट बजार पठाउन तयार भएको छ । करिब २२ रोपनी क्षेत्रफलमा तीन वर्षदेखि ड्रागन उत्पादन गरिदै आएको छ ।
बोटमै पाकेपछि मात्र टिप्ने गरिएको यहाँको ड्रागन पूर्ण अर्गानिक भएकाले धेरैले मनपराउने गरेको फर्मका संचालक नविन कुमार श्रेष्ठले बताउनुभयो । यसपटकको ड्रागन फ्रुट विक्रिका तयार भैसकेको उहाँले बताउनुभयो ।
‘सेतो, रातो र पहेंलो जात मध्य हामीसँग सेतो र रातो जातको ड्रागन छ ।’ ,उहाँले भन्नुभयो, ‘धेरे रातो छ, त्यसमा पनि दुई/तीन प्रजातिको छ । ७/८ प्रतिशत सेतो प्रजातिको छ ।’
ईशान अर्गानिक एग्रो फर्मले उत्पादन गर्दै आएको ड्रागनको बजार मुल्य प्रति किलो ४५० रुपैंया रहेको छ । एक सिजनमा करिव १० देखि १२ टन उत्पादन हुने फर्मका संचालक लोकबहादुर गुरुङले बताउनुभयो ।
सामान्यतयाः साउनदेखि असोज महिनासम्म फल तयार हुन्छ । जेठ र असार महिनामा फूल खेल्छ । यसको फूल रातमा मात्र फूल्छ ।
