राष्ट्रियसमाजस्थानीय सरकार

झिमरुक गाउँपालिका बार्षिक परीक्षामा केन्द्रित

झिमरुक । आधारभुत तह कक्षा आठकाे झिमरुक गाउपालिका स्तरीय बार्षिक परिक्षाकाे तयारी तिब्र गतिमा भएकाे छ ।

 

पालिकाभरका १८ ओटा विद्यालयका ५५६ जना विद्यार्थी  परिक्षामा सामेल हुने झिमरुक गाउपालिका परीक्षा समितिका संयाेजक तथा झिमरुक गाउपालिका प्युठानका शिक्षा अधिकृत माेहन बि.सिले बताउनुभयाे । परीक्षा आगमी चैत्र ५ गते देखि १३ गतेसम्म चल्ने छ।

 

चैत्र ५ गते अङ्ग्रेजी बिषयकाे परीक्षा हुनेछ भने ६ गते नेपाली ,७ गते विज्ञान तथा बाताबरण ,८ गते सामाजिक अध्ययन तथा जनसंख्या शिक्षा,९ गते पेशा ब्यबसाय तथा प्रबिधि शिक्षा ,१० गते कम्प्युटर शिक्षा  रहेकाे छ। चैत्र १२ गते गणित रहेकाे छ भन्ने अन्तिम दिन चैत्र १३ गते स्वास्थ्य तथा शारीरिक शिक्षा र नैतिक शिक्षा रहेकाे परीक्षा समितिले जानकारी दिएकाे छ।

 

झिमरुक गाउपालिका भित्र रहेका सबै विद्यालयको कक्षा १ देखि ९ सम्मकाे परीक्षा समेत चैत्र ५ गते देखि १३ गते सम्मकाे मितिमा हुनेछ ।

 

कक्षा १ देखि ५ सम्म ३ हजार ४४३ जना विद्यार्थी , ६ देखि ८ सम्म १ हजार ९०२ जना र कक्षा १ र१० मा गरि माध्यमिक तह का १ हजार ७५ गरि ६ हजार ४२० जना विद्यार्थी  परीक्षामा सहभागी हुनेछन कक्षा १० का ५०३ जनाले एसईईकाे पुर्ब तयारी परीक्षा दिनेछन।

 

परिक्षाकाे लागि उत्तर उस्तिका तथा प्रश्नपत्र र प्रबेश पत्र सबै विद्यालयमा चैत्र १गते भित्र उपलब्ध गराउने तयारी भईरहेकाे परीक्षा समितिका संयाेजक बि.सि.ले बताउनुभयाे।

Related Articles

Back to top button