स्थानीय सरकार

गौमुखि ५ मा जनमोर्चाको प्यानल निर्वाचित

प्युठान । गौमुखि गाउँपालिका ५ मा रास्ट्रीय जनमोर्चाका बरुणध्वज मल्ल निर्वाचित हुनुभएको छ । वडा अध्यक्ष मल्लले ५३४ मत ल्याएर बिजयी हुनुभएको हो ।

वडा अध्यक्षका प्रतिस्पर्धी एमालेका रुमानसिह कुवरले ३२२ मत र काङ्ग्रेसका हुम बहादुर केसिले ३२९ मत ल्याउनु भएको छ । केसि यसअघिको वडा अध्यक्ष हुनुहुन्थ्यो ।


वडामा सबै सदस्य जनमोर्चाले जितेको छ । खुल्ला सदस्य हुम बहादुर खड्का र किरण बिष्ट बिजयी हुनुभएको छ ।

महिला सदस्य कल्पना कुवर र दलित महिला सदस्य पुष्पा सुनार बिजयी हुनुभएको छ ।

Related Articles

Back to top button