प्यूठान। प्युठानको मल्लरानी गाउँपालिका अध्यक्ष अमरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा लगायतलाई बिप्लब माओवादीका कार्यकर्ताले दुव्र्यवहार गरेका छन ।
मल्लरानी गाउँपालिका ५ सरङकोटमा रहेको बिद्यालयको छलफलमा सहभागी भएको बेला अध्यक्ष राना, प्रमुख प्रशासकीय अधिकृत थापालाई कालोमोसो लगाईदिएका हुन ।
गोपीलाल सुनार सहितका टोलीले पालिकाका शिक्षा शाखा प्रमुक ठाकुर प्रसाद आचार्य, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख शिवराज पण्डितलाई कालोमोसो लगाएको प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिनुभयो ।
बिद्यालयको बिषयमा छलफल चलिरहेको बेला एक्कासी दुव्र्यवहार गरेको थापाले बताउनुभयो । विद्यालयको शिक्षण सहजीकरणका लागि जिल्लाबाट टोली आज विद्यालय पुगेको थियो । घटना लगत्तै प्रहरी घटनास्थल पुगेको थियो ।
घटनापछि बोल्दै अध्यक्ष रानाले दोषीलाई तत्काल कारवाही गर्न माग गर्नुभएको छ । उहाँले सहभागी स्थानीयलाई विद्यालयको विषयमा आफूहरु चिन्तित भएको भन्दै सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । समाजमा रहेका उट्पट्याङ व्यक्तिलाई आफैले कारवाही गर्न समेत उहाँले स्थानीयलाई आग्रह गर्नुभयो ।
K hoo kina astoo vairakahko xaa Hami sabai nepalie hoo hami sahbai milnu parxa jay nepal jay pyuthan jillako khalanga MALLARANI GAUPALIKA