प्यूठान । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखी शुरु भएको छ ।
१६ दिनसम्म विविध कार्यक्रम गरेर मनाईने यो वर्षको अभियानको नारा ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ रहेको छ ।
यो अभियानलाई विशेष गरेर जनचेतनामुलक कार्यक्रम गरेर मनाउन लागिएको छ । विभिन्न स्थानीय तहले जनचेतनामुलक कार्यक्रमको तालिका बनाएर कार्यक्रम गर्दैछन् ।
