> समाज > फूलवारी संस्थाको अध्यक्षमा छन्दबहादुर बस्नेत


फूलवारी संस्थाको अध्यक्षमा छन्दबहादुर बस्नेत

प्यूठान, १६ असोज । फूलवारी एकीकृत ग्रामीण विकास संस्था खैरा प्यूठानको अध्यक्षमा छन्दबहादुर बस्नेत चयन हुनुभएको छ । शनिवार सम्पन्न २७ औं साधारण सभा तथा नवौं अधिवेशनले बस्नेतको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।

उपाध्यक्षमा भोजबहादुर बस्नेत, महासचिव निर्मला पोख्रेल, सचिव तिला बुढाथोकी र कोषाध्यक्षमा रमेश कुमार आचार्य चयन हुनुभएको हो । सदस्यहरुमा लोकबहादुर कवर, गोपालबहादुर थापा, गोविन्दबहादुर बस्नेत, तारा नेपाली र कौशिल्ला आचार्य निर्वाचित हुनुभएको कार्यकारी निर्देशक टिकाराम आचार्यले जानकारी दिनुभयो ।

कार्यसमितिमा निर्वमान अध्यक्ष पदेन सस्दय हुने विधानतः व्यवस्था छ ।

साधारण सभाको बन्दसत्रले महासचिव निर्मला पोख्रेल र कोषाध्यक्ष रमेश कुमार आचार्यले प्रस्तुत गर्नुभएको क्रमशः प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन व्यापक छलफल सहित पारिद गरेको छ ।

संस्थाका अध्यक्ष गुणेन्द्र बस्नेतको अध्यक्षता, जेष्ठ आजिवन सदस्य तथा संस्थाका संस्थापक झषेन्द्र आचार्यको प्रमुख आतिथ्यता र कार्यकारी निर्देशक टिकाराम आचार्यको संचालनमा पूmलवारी श्रोत साधारण सभा तथा अधिवेशन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *