सामाजिक संजालमार्फत ‘We Are One Royal Pyuthan’ ग्रुपले जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएको छ । ग्रुपले आर्थिक अवस्था कमजोर भएका परिवारलाई सामाजिक संजालमार्फत रकम संकलन गरि हस्तान्तरण गर्दै आएको छ ।
ग्रुपले मंगलवार ब्लड क्यान्सर पिडित झिमरुक गाउँपालिका ६ कुटिचौरका कमल श्रेष्ठ उपचारमा ८ हजार ५ सय १० रुपैया सहयोग गरेको हो । उपचारमा आर्थिक अभाव भएको भन्ने थाहा पाएपछि ग्रुपमा सहयोग संकलन अभियान सूरु गरिएको थियो, ग्रुप सञ्चालन राजिव विष्टले भन्नुभयो, हालसम्म संकलन भएको रकम मंगलवार विरामीको घरमै पुगेर हस्तान्तरण गरेका हौँं ।
उपचारमा थप सहयोग होस् भन्नका लागि उक्त सहयोग गरिएको विष्टले बताउनुभयो । ‘सामाजिक संजालमार्फत ग्रुप बनाई सहयोग अभियान सञ्चालन गरिरहदा समाजमा सकारात्मक परेको छ’ उहाँले भन्नुभयो, ‘ग्रुपले यसअघि पनि सामाजिक कार्य गर्दै आएको र निरन्तर गर्दै जानेछौँ’ ।
