> राजनीति > सघीयताले ६ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर : मुख्यमन्त्री पोख्रेल


सघीयताले ६ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर : मुख्यमन्त्री पोख्रेल

प्यूठान, १६ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले संघयताले मुलुकमा ६ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिद्धर भएको दावी गर्नुभएको छ ।

जिवराज आश्रित–कृष्णसेन इच्छुक मार्ग अन्र्तगत प्यूठान खण्डको शिलान्यास कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले बनेका योजनालाई सवैले सकारात्मक रुपमा लिनुपर्नेमा जोड दिनुपर्ने ।

‘विकासकामा काममा प्रतिस्पर्धा गरौं’, उहाँले सवै राजनीतिक दललाई आह्वान गर्दै भन्नुभयो,‘त्यसले विकासमा तिव्रता आउनेछ ।’
सडक सञ्जालको रुपमा प्यूठानमा तिव्रतर रुपमा विकासले गति लिएको उहाँले बताउनुभयो ।

मदन भण्डारी लोकमार्ग, भालुवाङ–प्यूठान–बाग्लुङ भिमगिठे सडक अगाडी बढेको भन्दै उहाँले सडकले गति लिएको बताउनुभयो ।
आर्थिक विकासका दृष्टिकोणले प्यूठानको सम्भावना धेरै रहेको उहाँको भनाई छ ।

स्वर्गद्वारीको विकासको लागि प्रदेश सरकार र संघीय सरकारले समेत प्राथमिकता दिएको मुख्यमन्त्री पोख्रेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *