प्यूठान, १६ कात्तिक । नेपाल प्रहरी(जनपद) पदमा आह्वान गरिएको भर्ना फाराम लिन आजदेखि शुरु भएको छ ।
५ हजार २ सय २७ जनाको लागि आह्वान गरिएको नेपाल प्रहरीमा भर्ना फाराम भर्नेको पहिलो दिन देखि नै घुइचो लागेको छ ।
आगामी मंसिर १५ गतेसम्म सवै जिल्ला प्रहरी कार्यालय सहित विभिन्न प्रहरी निकायबाट फाराम भर्न सकिने व्यवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानमा फाराम भर्ने युवाको पहिलो दिनदेखि नै घुईचो देखिएको छ ।
कक्षा ८ पास गरेकाले फाराम भर्न सक्ने प्रहरीले जनाएको छ ।
