> राजनीति > नेकपा स्थायी कमिटी बैठक सकियोः महाधिवेशनको मिति तय


नेकपा स्थायी कमिटी बैठक सकियोः महाधिवेशनको मिति तय

प्यूठान, २६ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटिको बैठक सम्पन्न भएको छ । बैठकले अध्यक्ष द्वयले प्रस्तुत गर्नु भएको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

महाधिवेशनको मिति तय
बैठकले पार्टीको आगामी चैतमा महाधिवेशन गर्ने मिति तय गरेको छ । चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने मिति तय गरेको हो ।
बैठकले केपि शर्मा ओलिलाई सरकार र पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अधिकार सहित पार्टी सञ्चालन गर्ने अधिकार दिएको छ ।

एमसीसी संशोधन र परिमार्जन सहित अनुमोदन गर्ने
बैठकले मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)लाई संसोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *