> Banner > समुदाय स्तरमा कोरोना देखिएपछि बजार क्षेत्र १ हप्तासम्मका लागि शिल


समुदाय स्तरमा कोरोना देखिएपछि बजार क्षेत्र १ हप्तासम्मका लागि शिल

प्यूठान, १० भाद्र । प्यूठान नगरपालिका वडा ४ र ७ मा समुदाय स्तरमा कोरोना देखिएपछि बजार आसपासको क्षेत्र शिल गरिएको छ ।

प्यूठान नगरपालिका वडा नं ४ र ७ का समुदाय स्तरका २ जनालाई कोरोना संक्रमण देखिएपछि वडा नं ४ को जुम्री पुलचोकदेखि वडा नं. ७ को टिकुरीसम्मको आसपासको क्षेत्र १ हप्तासम्मका लागि शिल गरिएको नगर प्रमुख अर्जुन कुमार कक्षपतिले जानकारी दिनुभयो ।

बुधवार बसेको नगरपालिका स्तरिय CMC कोे बैठकले आज राती १२ वजे देखि भाद्र १७ राती १२ वजे सम्म उक्त क्षेत्र शिल गर्ने निर्णय गरिएको होे । संक्रमण थप फैलिन नदिन यस्तो निर्णय गरिएको नगरप्रमुख कक्षपतिले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *