माधव खनाल
अर्घाखाँची, ८ भाद्र । राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वडा नं. १ को आयोजनामा भुमिकास्थान नगरपालिका वडा नं. १ आमडाडा घडेरी डाडा निवासी स्वर्गीय केशर बहादुर थापाको घरपरिवारलाई राहत वितरण तथा श्रद्धाञ्जली शभा सम्पन्न गरेको छ ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्ला समिती सदस्य तथा भुमिकास्थान नगरपालिका वडा नं. १ का राष्ट्रिय जनमोर्चाका अध्यक्ष मेघराज खनालको विशेष उपस्थितमा राहत वितरण गरिएको थियो । राहत वितरण गर्दै प्रमुख अतिथि खनालले स्वर्गीय थापाको निधनले गर्दा राष्ट्रिय जनमोर्चालाई अतुलनीय क्षति पुगेको बताउनुभयो साथै खनालले स्वर्गीय थापाले देखाएको बाटोमा लाग्न आफ्ना कार्यकर्तालाई आग्रह समेत गर्नुभएको थियो । त्यस्तै राहत वितरण कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चा भुमिकास्था नगरपालिका सदस्य तथा वडा नं. १ का वडा अध्यक्ष भोजराज खनालले स्वर्गीय थापाले देखेका सपना साहाकार पार्न सकेमा मात्रै उहाँको आत्मले स्वर्गमा बाँस पाउने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीकि बैकल्पिक सदस्य सुमित्रा थापा अखिल नेपाल शिक्षक संघका जिल्ला सदस्य हिमलाल खनाल अखिल नेपाल युवक संघका लक्ष्मण राना अखिल नेपाल महिला संघकि शुसिला बैजाली जनजाति सम्मेलनका राम बहादुर पुन जातियसमाता समाजका गोपाल बिक अन्टुकका रोम बहादुर राउत किसान संघका पुनाराम खनाल लगायतको उपस्थिति रहेको थियो ।
स्वर्गीय थापाको २०७७ साल श्रावण २१ गते ५४ वर्षको उमेरमा भारतको लुधियानामा असामयिक निधन भएको थियो । कार्यक्रम स्वर्गीय थापाकी श्रीमति निर्मला थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।