> Uncategorized > भीष्म फुलाराको ‘कस्तो भाइरस आयो’ म्युजिक भिडियो सार्वजनिक


भीष्म फुलाराको ‘कस्तो भाइरस आयो’ म्युजिक भिडियो सार्वजनिक

प्यूठान , साउन १२ । यूवा साहित्यकार भीष्मराज फुलाराद्धारा लिखित “कस्तो भाइरस आयो  ?” नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

संसारभर फैलिएको कोभिड–१९ को महामारीलाई समेटेर लेखिएको उक्त कारुणिक गीतको संगीत तथा स्वर राम कुमार बस्नेतको रहेको छ भने रामचन्द्र चन्दको संगीत संयोजन रहेको छ । फुलारा लिटरेचर फाउण्डेसन नेपाल र द ल अफिसेस अफ बाशु डी. फुलारा पि.सि.को संयुक्त सहकार्यमा निर्माण गरिएको उक्त गीतको म्यूजिक भिडियो गीतकार फुलाराको आफ्नै आधिकारीक यू–ट्युव च्यानल “फुलारा इन्टरटेनमेन्ट नेटवर्क” बाट सार्वजनिक गरेका छन् ।

चर्चित कलाकारहरु ः सुरविर पण्डित (दारीबा), दिनेश के.सी., सरिता राजोपाध्याय, ज्ञान खत्रीको मूख्य भुमिका रहेको छ भने अन्य कलाकारहरुमा ठण्ड बहादुर अधिकारी , योग गुरु सुदन भेटवाल, हेमाङ्गर।ज गिरी र भीष्मराज फुलारा समेतको अभिनय म्यूजिक भिडियोमा रहेको छ । लिगेस भट्टराईद्धारा निर्देशन तथा सम्पादन गरिएको उक्त म्यूजिक भिडियोको छायांकन बिरेन्द्र भट्टले गरेका हुन् भने श्रृगांर उर्मिला लामाको रहेको छ । त्यसै गरी व्यवस्थापन पक्षको सबै जिम्मेवारी यम प्रसाद ओलीले सम्हालेका हुन भने स्वराङ्कन गणेश सुवेदीले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *