> सम-सामायिक > कोरोना भाइरसबारेको भविष्यवाणी !


कोरोना भाइरसबारेको भविष्यवाणी !

प्यूठान, २५ फागुन ।
सन् २०१२ मा प्रकाशित ‘इन्ड अफ डेज’ पुस्तकमा कोरोना भाइरसबारे भविष्यवाणी गरिएको भेटिएको छ । निमोनिया जस्तै खतरनाक रोग सन २०२० मा फैलिने र त्यसले फोक्सोमा असर गर्ने र निमोनिया जस्तै रोगको संक्रमण फैलने भनिएको थियो । यस्तो भविष्यवाणी गरिएको पुस्तक लेख्ने लेखिका सिल्भिया ब्राउन हुनुहुन्छ ।
भविष्यवाणी गरिएको पुस्तक प्रकाशित भएको अर्को वर्ष ब्राउनको ७७ वर्षको उमेरमा निधन भएको थियो । सिल्भिया आफूलाई अलौकिक शक्ति भएको भन्दै भविष्यवाणी गरिएका पुस्तक लेख्नुहुन्थ्यो उहाँले आध्यात्मिक पुस्तक लेखेर करोडौ रकम कमाउनुभएको थियो ।
भविष्यवाणी गर्ने ब्राउनको ४० पुस्तक प्रकाशित भएको छ । जसमध्ये भविष्यको बारेमा बढी उल्लेख थियो र बढी विक्री भएकामध्ये पर्दथे । उहाँका पुस्तकमध्ये सिक्रेट्स एन्ड मिस्ट्रिज अफ दी वल्र्ड, इफ यु कुड सी ह्वाट आई सी, इन्साइट र इन्ड अफ डेज बढी विक्री भएकामा पर्छन । इन्ड अफ डेजमा नै ब्राउनले सन २०२० मा निमोनिया जस्तै रोग फैलन लेख्नुभएको थियो
१९ अक्टोबर सन १९३६ मा सिल्भियाअमेरिकाको क्यालिफोर्नियामा जन्मनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!