प्यूठान, १० असार । प्यूठान नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाले ६९ करोड ८ लाख ५० हजार रुपियाँको वार्षिक बजेट प्रस्तुत गरेको हो । प्यूठान नगरपालिकाको आठौ नगर सभामा आगामी आर्थिक बर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले प्रस्तुत गर्नभयो भने नगरपालिकाकी उप प्रमुख शान्ता आचार्यले आगामी आर्थिक बर्षका लागी ६९ करोड ८ लाख ५० हजार बजेट सार्वजनिक गर्नुभएको हो।
कोरोना नियन्त्रण तथा रोकथाम लगायत बजेटको प्राथमिकता
नगरपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम, रोजगारी, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।
नगरपालिकाले संघीय सरकारको समानीकरण अनुदान तर्फ १२ करोड २८ लाख, राजस्व बाडफाड अनुदान ९ करोड ३६ लाख ५६ हजार ९५० र बिशेष अनुृदानतर्फ १ करोड ५० लाख र शर्सत अनुदानतर्फ २६ करोड ७४ लाख बिनियोजन गरेको छ ।
त्यस्तै प्रदेश सरकार समानीकरण अनुदान तर्फ ५४ लाख ४० हजार, राजस्व बाडफाड अनुदान १ करोड ७ लाख ७७ हजार र शर्सत अनुदानतर्फ २ करोड ६८ लाख ५० हजार तथा बिशेष अनुदान ७० लाख रुपैया रहेको छ । नगरपालिकाको आन्तरिक तर्फ २ करोड १९ लाख २६ हजार ५० तथा सामाजिक सुरक्षा १२ करोड गरी ६९ करोड ८ लाख ५० हजार बजेट रुपैयाको अनुमान गरीएको छ ।
