प्यूठान, १० असार । प्यूठानमा बुधवार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा प्यूठानका १० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले जनाएको छ । संक्रमित मल्लरानी गाउँपालिका १ का १९ वर्षिय पुरुष, मल्लरानी गाउँपालिका ३ का २४ र २५ वर्षिय पुरुष, झिम्रुक गाउँपालिका १ का १७ वर्षिय पुरुष र माण्डबी गाउँपालिकाका १८, १८, २१,२१, २४ र २६ वर्षिय पुरुष रहेको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका शाखा अधिकृत रोशन आचार्यले जानकारी दिनुभयो । माण्डबी गाउँपालिकामा ५ वटा वडा भएतापनि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले निकालेको विज्ञप्तीमा माण्डबी ७ उल्लेख गरिएको छ ।
यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या १८४ पुगेको छ ।
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले झिम्रुक गाउँपालिकाको उल्लेख गरेपनिे स्वास्थ्य कार्यालय प्यूठानले भने उक्त व्यक्ति मल्लरानी गाउँपालिकाको रहेको जनाएको छ ।
