> समाज > मल्लरानी-२ मा पशु स्वास्थ्य शिविर, ३ सय घरधुरी लाभान्वित


मल्लरानी-२ मा पशु स्वास्थ्य शिविर, ३ सय घरधुरी लाभान्वित

प्यूठान । मल्लरानी गाउँपालिकाले वडा नम्बर २ कुडारामा पशु स्वास्थ्य शिविर संचालन गरेको छ । शिविरबाट करिव ३ सय घरधुरीले सेवा लिएका छ्न ।

 

एकदिने निशुल्क शिविरबाट ५० वटा घरपालुवा कुकुरलाई रेबिज विरुद्धको भ्याक्सिन दिइएको र करिव ३ सय घरधुरीले प्रत्यक्ष सेवा लिएको वडाध्यक्ष लेख बहादुर थापाले जानकारी दिनुभयो ।