> स्थानीय सरकार > मल्लरानी गाउँपालिकाद्वारा सदरमुकाम खलंगा भित्रने दुधको शुद्धता मापन


मल्लरानी गाउँपालिकाद्वारा सदरमुकाम खलंगा भित्रने दुधको शुद्धता मापन

प्यूठान । मल्लरानी गाउँपालिकाले जिल्ला सदरमुकाम खलंगा भित्रने दुधको शुद्धता मापन गरेको छ । दुधमा अनुदान दिने तयारी गरेको गाउँपालिकाले यसपुर्व शुद्धता मापन गरेको हो ।

 

गाउँपालिकासँगको सम्झौता अनुसार गुणस्तरको दूध भए/नभएको जाँच गरिएको उपाध्यक्ष रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । जाँचका क्रममा दुध निक्कै कम गुणस्तरको भएकाले सुधार गर्न सुझाव दिएको उहाँले बताउनुभयो ।

 

ल्याक्टोमिटरका माध्यमबाट गरिएको दूध परिक्षणमा २० देखि २२ शुद्धता पाइएको गाउँपालिकाका पशुसेवा शाखा प्रमुख पशु चिकित्सक बाबुराम न्यौपानेले बताउनुभयो । `तीन वटा क्यानमा नमुना परिक्षण गर्दा २०, २१ र २२ पाइयो ।´ ,उहाँले भन्नुभयो, `दुधको शुद्धता र गाउँपालिकाको सम्झौता अनुसार २६ हुनुपर्ने हो ।´

 

गाउँपालिकाले दुधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान दिने तयारी गरेको छ ।