प्यूठान । प्यूठान नगरपालिका–८ पाडावाङ नजिकै टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । रा १ ख १८३९ नम्बरको टिप्परको ठक्करबाट ३७ वर्षीय अशोक परियारको ज्यान गएको हो ।
राप्ती गाउँपालिका-१ भालुबाङ दाङ घर भई सडक मजदुरीको काम गर्दै आएका परियारको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । टिप्पर बाहानेबाट बाग्दुला आउँदै थियो ।
