प्यूठान । रवि लामिछानेको मुखुण्डो प्रयोग गरेर राति १ बजे फोन आउने गरेको प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्य थापाले बताउनुभएको छ । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय प्यूठानले आयोजना गरेका आचार संंहिता सम्वन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले ‘यस्तो गर्न पाइन्छ की पाईदैन ?’ भन्दै प्रश्न गर्नुभयो ।
‘ह्वाट् एपमा फोन गर्छ, कसैले जरुरी परेर फोन गरे होला भनेको, यो त हेट स्पिच भन्दा पनि अपरोध होला नी ।’ ,उहाँले भन्नुभयो, ‘रवि लामिछानेको मुखुण्ड छ, यसो गर्न पाइन्छ की पाईदैन ?’ यस्ता विषयमा ध्यान दिन उहाँले प्रशासन, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय र प्रहरीको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति विकास पोख्रेलले पार्टीले समर्थकको चरित्र बारे परिकल्पना गरेको उल्लेख गर्नुभयो । ‘मुखुण्डो नै प्रयोग गरेर त्यस्तो खालको गतिविधि भएको छ भने त्यसलाई कानुनी कारवाही होस् ।’ ,उहाँले भन्नुभयो, ‘हाम्रा पार्टीको नाम बद्नाम गर्नेलाई अहिलेको अहिले नै कारवाही होस् ।’
आचार संहिताको पूर्ण पालनामा सहयोग गर्न उम्मेदवार र राजनीतिक दलहरुलाई मुख्य निर्वाचन अधिकृत हिरण्य प्रसाद भण्डारीले आग्रह गर्नुभयो ।











