> समाज > निर्वाचन लक्षित योजना बनाउँदै नौ वटै पालिकामा एमाले प्यूठानको भेटघाट सम्पन्न


निर्वाचन लक्षित योजना बनाउँदै नौ वटै पालिकामा एमाले प्यूठानको भेटघाट सम्पन्न

प्यूठान । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लक्षित गरि नेकपा (एमाले) प्यूठानले शुरु गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम प्यूठानका नौ वटै पालिकामा सम्पन्न भएको छ ।

 

पहिलो चरण अन्तरगत पालिका स्तरीय अगुवा कार्यकर्ता भेटघाट गरि निर्वाचन लक्षित कार्ययोजना तयार गरिएको एमाले प्यूठानले जनाएको छ । आईतबार गौमुखी गाउँपालिकाको ठूलावेशी र झिमरुक गाउँपालिकाको मच्छीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार सूर्य थापा, पार्टीका जिल्ला सचिव इन्द्रमणि पोख्रेल, गौमुखी गाउँपालिका कमिटीका अध्यक्ष जुमानसिंह केसी, झिमरुक गाउँपालिकाका अध्यक्ष पदम खड्का लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

 

गौमुखी गाउँपालिकाको ठूलावेशीमा निर्वाचन सम्पर्क कार्यालय समेत स्थापना गरिएको छ । पालिका स्तरीय अगुवा कार्यकर्ता भेटघाट, जनवर्गिय संगठनको संयुक्त बैठक मार्फत चुनावी योजना निर्माण कार्यसम्पन्न गरेको एमालेले सोमबारदेखि दोश्रो चरणको कार्यक्रम संचालन गर्ने जनाएको छ ।