> राष्ट्रिय > प्यूठानमा एमाले–कांग्रेस उम्मेदवारले एकअर्कालाई दिए शुभकामना


प्यूठानमा एमाले–कांग्रेस उम्मेदवारले एकअर्कालाई दिए शुभकामना

प्यूठान । नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारले एक अर्कालाई शुभकामना साटासाट गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता पछि उनीहरुले एकअर्कालाई शुभकामना दिएका हुन् ।

 

नेकपा (एमाले)बाट सूर्य थापा र नेपाली कांग्रेसबाट प्रा.डा. गोविन्दराज पोख्रेल चुनावी मैदानमा उत्रिएका छन् । २०७४ को निर्वाचनमा बाम गठबन्धनका कारण पोख्रेल पराजय हुनुभयो भने २०७९ मा भएको पाँच दलको गठबन्धनका कारण पोख्रेलले उम्मेदवारी नै दिन पाउनुभएन ।

 

२०७४ को निर्वाचनमा प्यूठानबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल विजयी हुनुभयो । २०७९ को निर्वाचनमा एमालेका थापा नै विजयी भयो ।

 

मनोनयन गर्दा पछि पत्रकारहरुले सोधे, ‘पहिले कांग्रेस नेता पोख्रेलको सहयोगमा चुनाव जित्नु भो, अहिले प्रतिष्पर्धा गर्दै हुनुहन्छ नी’ भन्ने जिज्ञासामा एमाले नेता थापाले भन्नुभयो, ‘नाता सम्बन्धका हिसावले अर्कै पार्टीमा भए पनि भोट दिनुभयो होला अर्कै कुरा हो, संस्थागत सहयोग थिएन नी ।’