प्यूठान । एरावती गाउपालिका-५ बालीबिसौना स्थित गोठिबाङ खोलाबाट मल्लरानी गाउपालिका-३ चौरपानीतर्फ ढुङ्गा लिएर जाँदै गरेको ट्याक्टर दुर्घटना हुदा एक जनाको ज्यान गएको छ ।
मङलबार दिउँसो भएको दुर्घटनामा परि एरावती गाउपालिका-२ तेश्रापाटा बस्ने २७ वर्षीय बिजय नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते नेपालीलाई उपचार लागि जिल्ला अस्पताल लगिएकोमा अस्पतालले मृत घोषण गरेको हो ।
रा १ त ४४४५ नम्बरको ट्याक्टर सडकदेखी अन्दाजी ५० मिटर तल खस्दा दुर्घटना भएको हो ।
घटनामा परि सोही ठाउँ बस्ने २६ वर्षीय सान्त बहादुर रावत घाइते भएका छ्न ।
