राजनीति

संघीयताका नकारात्मक पक्ष संशोधन आवश्यक

प्यूठान । संघीयताका केही नकारात्मक पक्षहरु संशोधन आवश्यक रहेको कार्यक्रमका बक्ताहरुले बताएका छ्न । राष्ट्रिय जनमोर्चा प्यूठानले आईतवार जुम्री प्यूठामा आयोजना गरेको “नेपालको सन्दर्भमा संघीयताको औचित्य” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले संघीयताले मुलुकालाई आर्थिक भार बढाएकोले परिमार्जन आवश्यक रहेको उल्लेख गरे ।

 

संघीयता अभ्यासको ७ वर्षे अनुभव अनुसार सकारात्मक पक्ष ग्रहण गर्दै नकारात्मक बिषय सच्चाउनुपर्ने औल्याएका हुन । सरकारको प्रशासनिक खर्च मितब्ययी गर्ने गरि प्रदेश सरकारका सन्दर्भमा राष्ट्रिय बहस आवश्यक रहेको उनिहरुको भनाई थियो ।

 

कार्यक्रममा प्यूठान नगरपालिका प्यूठानका पूर्व मेयर अर्जुन कुमार कक्षपति, प्यूठान क्याम्पसका क्याम्पस प्रमुख कल्पना खड्का, स्वर्गद्वारी क्याम्पसका पुर्व प्रमुख मोहन गिरि, नेकपा मालेका सचिव तिलविक्रम केसि, नेकपा क्रान्तिकारीका सचिव टीकाराम पौडेल, नेकपा एकिकृत समाजवादी प्यूठानका अध्यक्ष भोज विक्रम बुढामगर, एमाले जिल्ला उपाध्यक्ष माधव शर्मा, स्वतन्त्र नागरीक मञ्च प्यूठानका संयोजक सुमन सुवेदी लगायतले आ आफ्नो बिचार राख्नुभयो ।

 

राष्ट्रिय जनमोर्चाले जिल्लाका विभिन्न स्थानहरुमा यस्तो अन्तरक्रिया गर्दै आएको छ ।

Related Articles

Back to top button