प्यूठान । जिल्लाका पाँच वटै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सर्वसम्मत कमिटी गठन भएको छ । जिल्ला भित्र रहेका पाँच विद्यार्थी सङ्गठनले गरेको सहमती अनुसार सवै क्याम्पसमा सर्वसम्मत कमिटी गठन भएका हुन् ।
नव निर्वाचित स्ववियुका पदाधिकारी र सदस्यले सोमबार क्याम्पसबाट प्रमाणपत्र प्राप्त गरेका छन् । स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला, झिमरुक क्याम्पस बाग्दुला, प्युठान क्याम्पस खलङ्गा, अमर क्याम्पस भिंगृ र गौमुखी क्याम्पस मच्छीमा नव निर्वाचित पदाधिकारीलाई क्याम्पस प्रशासनले बधाई दिएका छन् ।
स्वर्गद्धारी बहुमुखी क्याम्पसमा अनेरास्ववियुका टेकराज के.सी., झिमरुक बहुमुखी क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी)का नरेश पुन, प्युठान क्याम्पसमा नेपाल विद्यार्थी संघका हिमाल जि.सी., अमर क्याम्पसमा नेपाल विद्यार्थी संघका श्रीधर खड्का र गौमुखी क्याम्पसमा अखिल (छैठौं)का रजत जि.सी को नेतृत्वमा सर्वसम्मत कमिटी बनेको छ ।