> आर्थिक/बिकास > कोभिडबाट मृत्यु भएका निर्माण व्यवसायीको परिवारलाई राहत


कोभिडबाट मृत्यु भएका निर्माण व्यवसायीको परिवारलाई राहत

प्यूठान । प्यूठानमा कोभिड-१९ बाट मृत्यु भएका निर्माण व्यवसायीका परिवारलाई राहत दिइएको छ । नेपाल निर्माण व्यवसायी महासंघको सहयोग तथा निर्माण व्यवसायी संघ प्यूठानको आयोजनामा आज एक कार्यक्रम गरि राहत हस्तान्तरण गरिएको हो ।

 

झिमरुक गाउँपालिका वडा नं. ४ स्थित दाजुभाई निर्माण सेवाका बलराज पोख्रेलको कोभिड-१९ बाट मृत्यु भएको थियो । उहाँको श्रीमती सिता पोख्रेललाई राहत प्रदान गरिएको हो ।

 


त्यसैगरी नौबहिनी गाउँपालिका वडा नं. ८ फोप्ली स्थित भुपनारायण निर्माण सेवाका भुप बहादुर पुन मगरको कोभिड-१९ बाट मृत्यु भएको थियो । उहाँको श्रीमती तुलसा पुन मगरलाई राहत रकम प्रदान गरिएको हो । दुवै जनालाई जनही १ लाख ५० हजार रुपियाँका दरले राहत दिइएको कोषाध्यक्ष विशेक थापाले जानकारी दिनुभयो ।

 


कार्यक्रमममा निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य बालाजु श्रेष्ठले देशभर ३ सय जना निर्माण व्यवसायीको कोभिडबाट मृत्यु भएको भन्दै महासंघले कोष स्थापना गरि राहत उपलब्ध गराएको बताउनुभयो । यसअघि संस्थागत रुपमा निर्माण व्यवसायी संघले ५० हजार रुपियाँ राहत उपलब्ध गराएको समेत बताउनुभयो ।

 


निर्माण व्यवसायी संघ प्यूठानका पूर्व अध्यक्ष शोभाराम भण्डारी र वर्तमान अध्यक्ष नविन कुमार श्रेष्ठले हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष नविन कुमार श्रेष्ठले कोभिडबाट मृत्यु भएका निर्माण व्यवसायीको परिवारलाई संस्थाले यसअघि राहत उपलब्ध गराएको जानकारी दिनुभयो । निर्माण व्यवसायीको हितमा संघले काम गरिरहेको बताउँदै उहाँले संघमा आवद्ध हुन निर्माण व्यवसायीलाई प्रेरणा मिल्ने समेत बताउनुभयो ।

2 thoughts on “कोभिडबाट मृत्यु भएका निर्माण व्यवसायीको परिवारलाई राहत

Leave a Reply

Your email address will not be published. Required fields are marked *