समाज

प्युठानमा ३६ वर्षीय युवकको शव फेला

प्युठान । गौमुखी गाउँपालिका वडा नम्वर ६ लिवाङमा एक स्थानीय युवकको शव फेला परेको छ । लिवाङ कोटको भिर भन्ने ठाउँमा ३६ वर्षीय बिर बहादुर खडकाको शव फेला परेको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हुमानन्द खनालले शवलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल लगिएको बताउनुभयो । घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खनालले बताउनुभयो ।

 

मंगलबार बेलुका बाटोबाट करीव १५० मिटर तल भिरमा शव भेटिएको थियो । शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

Related Articles

Back to top button