प्यूठान, २२ भदौं । नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) अन्तरगत मिलेनियम च्यालेन्ज सम्झौता विरुद्ध सत्तारुढ गठबन्धन दलले नै प्यूठानमा विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय जनमोर्चा प्यूठानले मंगलबार सदरमुकाम खलंगामा विरोध सभा गरेको हो ।
एमसिसि सम्झौता राष्ट्रघाति भएकोले आफूहरु देशव्यापी प्रदर्शनमा उत्रिएको पार्टी लुम्बिनी प्रदेश समिति अध्यक्ष बोमबहादुर खत्रीले बताउनुभयो । ‘केहि सडक र विद्युतलाई विस्तार गर्ने विकासको नारा दिइएको छ ।’ ,विरोध सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘यो देखावटी मात्र हो, नेपाली भूमिमा टेकेर चीनलाई आक्रमण गर्ने अमेरिककाको योजना छ ।’
एमसीसी संसदबाट पारिद भए देश युद्धको रणभूमिमा परिणात हुने आशंका गर्दै उहाँले यसको विरुद्ध उत्रन सवैलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा बोल्दै राजमोका जिल्ला अध्यक्ष कृष्ण बहादुर खड्काले देशलाई विदेशीको कब्जाबाट उम्कन राष्ट्रभक्तिहरुले यसको विरोध गर्नुपर्ने धारणा राख्नुभयो । ‘देश रहने÷नरहने अवस्थामा पुगेको छ ।’ ,उहाँले भन्नुभयो, ‘देशलाई बचाउन सशक्त आन्दोलनको आवश्यकता छ ।’ २०७४ सालदेखि आफ्नो पार्टीले यसको विरोध गर्दै आईरहेको भन्दै उहाँले जनता बल्ल जागरुक भएकाले उहाँको बुझाई थियो ।
तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाकै पालादेखि यो कार्यान्वयनमा रहेको र यसलाई संसदबाट पारिद गरि नेपालको संविधान २०७२ भन्दा माथि राख्न खोजिएकोले यसमा गलत नियत छ भन्ने बुझिन्छ ।’ ,उहाँको भनाई थियो ।
इन्डो प्यासेफिकका नाममा विश्वभर साम्राज्यवादी शक्तिहरुले हैकम जमाउन एमसीसी ल्याएको पार्टीका लुम्बिनी प्रदेश समिति सदस्य तिलक जि.सी.ले कार्यक्रमलाई सम्बोधनका क्रममा बताउनुभयो ।
पार्टी जिल्ला सचिव विदुर मल्लले संचालन गर्नुभएको विरोध सभा अघि एमसीसी विरुद्धको ¥यालीले खलंगा बजार परिक्रमा गरेको थियो । विरोध सभा लोकतान्त्रिक मञ्चमा गरिएको थियो ।
यसैवीच, नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले पनि एमसीसीका विरुद्ध मंगलबार नै विरोध सभा गरेको छ । खलंगा पार्टी चोक भएको कार्यक्रमलाई सम्वोधन गर्दै पार्टी जिल्ला सेक्रेकटरी टिकाराम पौडेलले एमसीसी राष्ट्रघाति भएको आरोप लगाउनुभयो ।
