> समाज > शोभा क्लिनिक बड्डाँडामा औषधि बिभागद्वारा सिलबन्दी


शोभा क्लिनिक बड्डाँडामा औषधि बिभागद्वारा सिलबन्दी

प्यूठान । औषधि व्यवस्था विभाग बाँकेले सरुमारानी गाउँपालिका–४ बड्डाडा प्यूठान स्थित शोभा स्वास्थ्य क्लिनिकमा सिलबन्दी गरेको छ । जिल्ला प्रशासन कार्यालय, प्रहरी सहितको बिभागको टोलिले अनुगमनका क्रममा सिलबन्दी गरेको हो ।

 

अनाधिकृत औषधि बिक्री गरेको पाइएकाले अनुगमन टोलिले सिलबन्दी गरेको प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंले पुष्टि गर्नुभयो ।

 

अनुगमन टोलि फिल्डमै भएकोले थप जानकारी प्राप्त नभैसकेको उहाँको भनाई छ ।