> राजनीति > उम्मेदवार सूर्य थापाको चुनावी अभियान प्यूठान नगरपालिकामा (तस्विरहरु सहित)


उम्मेदवार सूर्य थापाको चुनावी अभियान प्यूठान नगरपालिकामा (तस्विरहरु सहित)

प्यूठान । प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्य थापाले आफ्ना चुनावी भेटघाट अभियानलाई प्यूठान नगरपालिकामा शुरु गर्नुभएको छ । जिल्लाका ८ वटा पालिकामा चुनावी प्रचार प्रसार तथा भेटघाट सम्पन्न गरि शनिवारदेखि नगरपालिका क्षेत्र भित्र शुरु गर्नुभएको हो ।

 

नगरपालिकाका विभिन्न ठाँऊमा भएको चुनावी भेटघाट कार्यक्रममा मतदाताहरुको उत्साहजनक सहभागीता रहेको एमाले प्यूठान नगरकमिटीका अध्यक्ष गिरुप्रसाद भण्डारीले जानकारी दिनुभयो । संगमचोक क्वाडी, आरनेटा, बाँझोवारी, उपल्लो दम्ती, लम्छ्याङ र ढाँडचौरमा चुनावी भेटघाट सम्पन्न भएको उहाँले बताउनुभयो ।

 

भेटघाटका लागि पुग्नुभएका उम्मेदवार थापालाई स्थानीयले भव्य स्वागत गरेका छन् । पूmलमाला र अविर सहित स्वागत गरेका हुन् । गलाभरी मालामा सजिएर उम्मेदवार थापाले मतदाताहरुको माया र स्नेहले आफुलाई थप उत्साहित बनाएको उल्लेख गर्नुभयो ।

शनिवार भएका भेटघाटका तस्विरहरु :