> समाज > राष्ट्रिय जनमोर्चा प्यूठानको अगुवा कार्यकर्ता भेला सम्पन्न, न्यौपानेको संयोजकत्वमा प्रचार प्रसार समिति


राष्ट्रिय जनमोर्चा प्यूठानको अगुवा कार्यकर्ता भेला सम्पन्न, न्यौपानेको संयोजकत्वमा प्रचार प्रसार समिति

प्यूठान । राष्ट्रिय जनमोर्चा प्यूठानको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन केन्द्रित भेला जिल्ला पार्टी कार्यालय खलंगामा सम्पन्न भएको हो ।

 

भेलाले पार्टी जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपानेको संयोजकत्वमा पाँच सय ५५ सदस्यीय निर्वाचन प्रचार प्रसार समितिको गठन गरेको छ ।

 

भेलालाई नेकपा (मसाल) महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कृष्णबहादुर खड्का, लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्री, लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा लगायतका नेताहरूले प्रशिक्षणात्मक मन्तब्य राख्नुभएको थियो ।

 

भेलालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार तिलक जिसीले देशमा व्याप्त भ्रष्टाचार र अनियमितता रोक्नको लागि राष्ट्रिय जनमोर्चाका तर्फबाट आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्नुभयो ।