प्यूठान, ९ जेठ । प्यूठान प्रहरीलाई राष्ट्रिय युवा संघ प्यूठानले मास्क र स्यानिटाईजर सहयोग प्रदान गरेको छ ।
आईतबार विहान संघका संयोजक विश्येक थापा सहितको टोलीले जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरिक्षक सुनिल मल्ललाई सहयोग हस्तान्तरण गरेको हो ।
कारोना भाईरस संक्रमणको नियन्त्रण तथा रोकथामका लागि फ्रन्ट लाईनमा खट्ने प्रहरीहरुलाई सहयोग उपलब्ध गराएको संयोजक थापाले बताउनुभयो । महामारीको विषम अवस्थामा सवै एक जुट भई रोकथाम तथा नियन्त्रणमा सक्रिया हुनुपर्ने उहाँको भनाई थियो ।
संघले १ हजार ५ सय लिटर स्यानिटाईजर र ७ सय मास्क प्रदान गरेको हो ।
