> समाज > किशोरी हत्या अभियोगमा श्रीमान र देवर पक्राउ


किशोरी हत्या अभियोगमा श्रीमान र देवर पक्राउ

प्यूठान । गौमुखी गाउँपालिका वडा नं-६ लिबाङकी सर्मिला घर्तीको हत्या अभियोगमा प्रहरीले श्रीमान र देवरलाई पक्राउ गरेको छ ।

 

१९ वर्षकी सर्मिलाको हत्या अभियोगमा श्रीमान २० वर्षिय अनिल घर्ति र देवर १८ वर्षिय जनक घर्तीलाई पक्राउ गरि अनुसन्धान थालिएको प्यूठान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताउनुभयो ।

 

माघ १६ गते बेलुका ८ बजे समयमा सर्मिलालाई घुँम्न जाँउ भनि घरबाटै लिएर गोन्द्रेचौरबाट भिर तर्फ पल्टाई हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । एक पटक पल्टाएर ३० मिटर तल अड्किए पछि फेरि पल्टाएर १०० मिटर तल पुगेको प्रनाउ अधिकारीले बताउनुभयो ।

 

पक्राउ परेका दुई जनालाई अदालतबाट ५ दिन म्याद थप गरि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।