> राजनीति > प्रतिनिध सभा निर्वाचन हाँक्ने एमाले प्यूठानका यी हुन् चुनावी ‘कमाण्डर’


प्रतिनिध सभा निर्वाचन हाँक्ने एमाले प्यूठानका यी हुन् चुनावी ‘कमाण्डर’

प्यूठान । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमाले प्यूठानले ‘कमाण्डर’हरु तोकेको छ । पार्टी जिल्ला सचिवालय बैठकले निर्वाचन परिचालनका लागि नेतृत्व चयन गरेको छ ।

 

प्रदेश कमिटीमा रहेर पालिका इन्चार्जको भुमिकामा रहनुभएका सदस्यहरुलाई चुनावी अभियानको नेतृत्वको जिम्मेवारी दिएको एमाले प्यूठानका सचिव इन्द्रमणि पोख्रेलले जानकारी दिनुभयो । केन्द्रीय कमिटीका पूर्व सदस्य हरि प्रसाद रिजाल, प्रदेश कमिटीका सचिवालय सदस्य तुल्सीराम शर्मा, प्रदेश कमिटी सदस्यहरु धनबहादुर रायमाझि, नेत्रबहादुर रोकाय, श्रीधर रोका, पुरन गुरुङ, झगबहादुर विश्वकर्मालाई नेतृत्वको जिम्मेवारी तोकेको हो ।

 

त्यस्तै प्रदेश कमिटी सदस्य लक्ष्मी प्रकाश राजभण्डारी, दिपा घर्ति पौडेल, मानबहादुर जिसी, ज्ञानुमाया केसी र विष्णु बहादुर केसी, अनेरास्ववियुका निवर्तमान उपाध्यक्ष धर्म गिरीलाई चुनावी अभियानको जिम्मेवारी एमाले प्यूठानले दिएको छ ।

 

एमालेले निर्वाचन केन्द्रीत दोश्रो चरणको अभियान शुक्रबार सरुमारानी गाउँपालिकाबाट शुरु गर्दैछ ।