प्यूठान । सहिद स्मृति पार्क गाजुरीमा प्यूठानका सहिदहरुको शालिक निर्माण गरिएको छ । सहिदहरू मित्रमणि आचार्य, टंकप्रसाद आचार्य, कृष्णसेन इच्छुक र उमेशचन्द्र थापाको स्मृतिमा स्मारक निर्माण गरिएको हो ।
प्युठानमा पुर्ख्यौली भएर वा जन्मेर मुलुक र जनताका परिवर्तनकारी संघर्ष, आन्दोलन र जनक्रान्तिहरूमा जीवन आहुति दिनुभएका प्युठानका धर्तीपुत्रहरूको शालिक निर्माण गरिएको छ । १ करोड बजेट बिनियोजन गरेर शालिक लगायतका पार्क बनाउने कार्य गरिएको बिघटित प्रतिनिधि सभा सदस्य सुर्य थापाले बताउनुभयो ।
पार्कमा यसअघि सहिदहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथ चन्द र धर्मभक्त माथेमाको स्मारक निर्माण गरिएको थियो । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को ममोनयनका लागि खलंगा जाँदै गर्दा थापाले सहिदहरु प्रती माल्यार्पण गरेर श्रद्वा सुमन व्यक्त गर्नुभएको थियो ।
माघ १६ गते सहिद दिवसको अवसर पारेर सहिदहरुकाे शालिकमा माल्यार्पण गर्दै कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. गोबिन्दराज पाेख्रेलले ब्यबस्था परिवर्तनका लागि आफ्नाे ज्यानकाे आहुति दिने सहिदकाे सपना पूरा गर्नु अहिलेकाे मुख्य कार्यभार भएको बताउनुभएको छ ।

