प्यूठान । नेकपा (एमाले) जिल्ला कमिटि प्यूठानले ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बुधबार बसेको जिल्ला सचिवालय बैठकले कमिटी बनाएको हो ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ब्यबस्थित गर्न परिचालन कमिटी गठन गरिको एमाले प्यूठानका अध्यक्ष बिजयविराज विष्टले जानकारी दिनुभयो । जिल्ला कमिटी, प्रदेश सल्लाहकार परिषद्, प्रदेश बिभास सदस्य, पालिका पदाधिकारी, जनबर्गिय संगठनका पदाधिकारी, पुर्व केन्द्रिय सदस्यहरु सम्मीलित कमिटी गठन गरिएको उहाँले जानकारी दिनुभयो ।
बैठकले पालिका स्तरीय निर्वाचन परिचालन कमिटीको संयोजकको जिम्मेवारी तोकेको छ । स्वर्गद्वारी नगरपालिकामा नेत्रबहादुर रोका, प्यूठान नगरपालिकामा लक्ष्मी प्रसाद राजभण्डारी, गौमुखीमा ज्ञानुमाया केसी, झिमरुकमा मान बहादुर जिसी, मल्लरानीमा दिपा पौडेल, ऐरावतीमा पुरन गुरुङ, माण्डबीमा श्रीधर रोका, नौबहिनीमा बिष्णु केसी र सरुमारानीमा जेबी बिश्वकर्मालाई संयोजकको जिम्मेवारी तोकेको हो । बैठकले पालिका स्तरीय निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको हो ।
फागुन २१ गते हुने प्रतिनिधि सभाका लागि पार्टीले केन्द्रिय सदस्य तथा निवर्तमान सांसद सुर्य थापालाई उम्मेदवार बनाएको छ ।
सचिवालय बैठकले प्रदेश सल्लाहकार परिषद् सदस्यमा मनोनितहरुलाई बधाई ज्ञापन गरेको छ । मधुर शर्मा, टंकबहादुर खड्का र शिवसंकर पोख्रेललाई कार्यकालको शुभकामना सहित बधाई दिने निर्णय भएको अध्यक्ष बिष्टले जानकारी दिनुभयो ।
