प्यूठान । शुक्रबार (आज) भएको हाईस दुर्घटनामा एक जनाको ज्यान गएको छ । सवारी चालक ऐरावती गाउँपालिका–५ गोठिवाङका निरज सापकोटा (नेपाली)को ज्यान गएको हो । दुर्घटनामा घाईते तीन जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको प्यूठान अस्पतालले जनाएको छ ।
घाइतेहरु हुनेहरुमा ऐरावती गाउँपालिका–१ सिर्सेनिका ३३ बर्षका रेशम गुरुङ, ऐरावती गाउँपालिका–३ का ३२ बर्षिय सुदिप गुरुङ र ऐरावती गाउँपालिका–४ का २१ बर्षिय कबिता गुरुङ रहेका छ्न ।
ऐरावती गाउँपालिका–१ सिर्सेनीबाट कपिलवस्तु जाँदै गरेको लुम्बिनि प्रदेश ०३–००१ ज ००१८ नम्बरको इभि हाइस माण्डबी गाउँपालिका–५ ठकुरी टोलमा दुर्घटना भएको छ । गाडी चेरनेटा–जाबुने सडकबाट करिव ५०० मिटर तल खसेको थियो ।












