प्यूठान । तिहारको भोलिपल्ट लाग्ने जिल्लाकै ठूलो सराएँ मेला आज हुँदैछ । प्यूठान नगरपालिका–७ डल्लेमा आज सराएँ नाच सहित मेला लाग्ने लाग्दैछ ।
उक्त सराएँ मेलामा सराएँ नाँचको प्रर्दशन, प्रतिस्पर्धा समेत गराउने चलन छ । किम्वदन्ती अनुसार भुरे टाकुरे राज्य सञ्चालनका बेला एक जना राक्षसलाई जनताले लखेटेर मारेको सम्झनामा खुशीयाली सहित त्यस ठाउँमा वर्षेनी भाइटिकाको भोलिपल्ट सराएँ मेला लाग्ने गर्दछ ।
नांगो तरवार, लाठी नचाउँदै विभिन्न ठाउँबाट प्रतिस्पर्धी समुह जम्मा हुने गर्दछन् । पहिले पहिले पुरुषले मात्र सराएँ नचाउने गरेकोमा अहिले महिलाले समेत सराए नचाउन थालेका छन् । बाजाको तालमा ‘ऊ खै ऊ खै गर्दै….’ सराएँ नचाउने गरिएको स्थानीय सुशील पोख्रेलले बताउनुभयो ।
मेलामा रमाईलोका लागि विभिन्न स्थानीय नाँच, स्थानीय किसान, उद्यमीले उत्पादन गरेका बस्तुहरुको किनबेच समेत हुने गर्दछ । मेलामा जिल्लाभरबाट र बाहिरी जिल्लाबाट समेत मानिसहरु आउने गर्दछन् ।













