प्यूठान । झिमरुक गाउँपालिका वडा नं. ६ तोरवाङले जाँड रक्सीमा प्रतिवन्ध लगाएको छ । गैरकानुनी रुपमा जाँड रक्सी लगायतका मदिराजन्य पदार्थको उत्पादन, भण्डारण र विक्रि वितरणमा प्रतिवन्ध लगाएको हो ।
सामाजिक, आर्थिक र साम्प्रदायिक भावनामा गम्भिर समस्या आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै वडा भित्र कानुनी रुपमा प्रतिवन्धित क्रियाकलाप नगर्न अनुरोध गरिएको वडा अध्यक्ष धनबहादुर पुनले बताउनुभयो । पर्व मनाउने नाममा गाउँ, टोल तथा बस्तीहरुमा हुन सक्ने गैरकानुनी मदिराजन्य पदार्थको उत्पादन, भण्डारण र विक्रि वितरण नगर्न सचेत गराइएको उहाँले उल्लेख गर्नुभयो ।
वडा कार्यालयले शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना समेत व्यक्त गरेको छ ।














