> समाज > गाउँपालिका भित्र उत्पादन भएका सयपत्री र मखमली फूल प्रयोग गर्न माण्डबीको अनुरोध


गाउँपालिका भित्र उत्पादन भएका सयपत्री र मखमली फूल प्रयोग गर्न माण्डबीको अनुरोध

प्यूठान । गाउँपालिकाका विभिन्न स्थानहरुमा सयपत्री र मखमली लगायतका फूलहरु उत्पादन भईरहेकोले यिनै फूलबाट बनेका मालाहरु मात्र प्रयोग गर्न माण्डबी गाउँपालिकाले अनुरोध गरेको छ ।

 

प्लाष्टिकजन्य मालाले वातावरणीय प्रदुषण हुनका साथै मानव स्वास्थ्यमा समेत प्रतिकुल असर पार्ने भएकाले प्राकृतिक सयपत्री र मखमली फुलमाला खरिदका लागि गाउँपालिकाले सहजिकरण गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुब पोख्रेलले बताउनुभयो ।

 

नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५(१) ले दिएको अधिकार प्रयोग गरी प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, विक्री वितरण वा भण्डारण गर्न प्रतिबन्ध लगाएको उहाँले बताउनुभयो ।

 

साथौ पटाकाजन्य विष्फोटक पदार्थहरुको उत्पादन, आयात, विक्री वितरण र भण्डारण नगर्न नगराउन समेत गाउँपालिकाले अनुरोध गरेको छ ।