> समाज > प्लाष्टिकका माला र पटाका प्रयोग गरे कारबाही गर्ने प्यूठान नगरपालिकाको चेतावनी


प्लाष्टिकका माला र पटाका प्रयोग गरे कारबाही गर्ने प्यूठान नगरपालिकाको चेतावनी

प्यूठान । प्लाष्टिकका माला तथा पटाकाहरुको आयात, बिक्री बितरण तथा प्रयोग गरे कारबाही गर्ने प्यूठान नगरपालिकाले चेतावनी दिएको छ ।

 

सार्बजनिक सूचना जारी गर्दै नगरपालिकाले प्रदुषण नियन्त्रण र स्वास्थ्यमा हुने प्रतिकूल असरलाई मध्यनजर गर्दै यस्तो प्रतिबन्ध लगाइएको हो ।

 

स्थानीय कृषकहरुले उत्पादन गरेका फूलहरुलाई प्रोत्साहन गर्ने उदेश्यले प्यूठान नगरपालिका क्षेत्रभित्र यस वर्षको शुभ-दिपावली (तिहार) तथा छठ पर्वको अवसरमा त्यस्ता प्लाष्टिकका माला तथा पटाकाको प्रयोग नगर्नुहुन सम्पूर्ण नगरवासीहरुलाई अनुरोध गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद खनालले बताउनुभयो ।